५ मंसिर २०८१, बुधबार
नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ। एमाले अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री केपी ओलीले नेकपा एमालेको स्थायी कमिटी बैठक सोमवार अपरान्ह ४ बजेका लागि बालुवाटारमा बोलाएका हुन।
आज बस्ने स्थायी कमिटीको बैठकले महत्वपुर्ण निर्णय लिनसक्ने एकजना स्थायी कमिटी सदस्यले बताए।
यसअघि बसेको बैठकले एमाले नेता माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र निरा जैरु समेत ११ जनालाइ सोधेको स्पष्टिकरण बुझाउने समय सोमवार बिहान १० बजे सकिएकोले सोही बिषयमा छलफल हुने ती सदस्यले बताए। सोमवार बस्ने बैठकले नेपाल सहितका ११ जना सदस्यलाई सोधेको स्पष्टीकरणका बिषयमा स्थायी कमिटीले थप निर्णय लिने तयारी रहेको एमाले स्रोतले बतायो।