५ मंसिर २०८१, बुधबार
प्रतिनिधिसभा विघटन विरुद्ध विपक्षी गठबन्धनले सांसद बुहमत सांसदको हस्ताक्षर जुटाएको छ । विपक्षी गठबन्धनको तर्फबाट एमाले नेता माधव कुमार नेपाल पक्षका ३० सांसदको हस्ताक्षर जुटेको दावी गरिएकाे छ ।
यसअघि नेपाल पक्षका २६ सांसदको हस्ताक्षर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रयोजनका लागि संकलन भएको बताइएकामा थप ४ जनाले भने आज हस्ताक्षर गरेको बताइएको छ ।
आज हस्ताक्षर गर्नेमा मेटमणि चौधरी, दिपक प्रकाश भट्ट, नारायण खतिवडालगायत रहेका छन् ।
सो पक्षकी सांसद् निरुदेवी जैरुले आफ्नो पक्षबाट ३० जना सांसद्ले हस्ताक्षर गरेकाे दाबी गरेकी छिन् ।