होमल्याण्ड खबर
२०७८ जेष्ठ १० गते, सोमबार १३:४५ मा प्रकाशित
कांग्रेस सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा नियुक्त गर्न माग गर्दै रिट निवेदन दिनका लागि सांसदहरु सर्वोच्च अदालत पुग्ने क्रम जारी छ।
विपक्षी गठबन्धनले सबै सांसदहरुको हस्ताक्षरसहित सबैको उपस्थितिमा सर्वोच्चमा रिट निवेदन दर्ता गर्ने तयारी गरिरहेको छ।रिट निवेदनमा हस्ताक्षर गरेका सांसदहरु सर्वोच्च गएका हुन्। रिट निवेदनमा एमालेको माधव नेपाल पक्षका २५ सांसदले हस्ताक्षर गरेको दाबी गरिएको छ।
वैशाख २७ गते ओलीले विश्वासको मत लिँदा २७ जनाले अनुपस्थित भइ असहयोग गरेका थिए। शुक्रबार देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै राष्ट्रपतिलाई सुझाइएको पत्रमा नेपाल पक्षका २७ जनाले हस्ताक्षर गरे पनि रिट निवेदनमा हस्ताक्षर गर्ने भने जम्मा २५ जना पुगेको बताइएको छ।
त्यस्तै जसपाको उपेन्द्र यादव पक्षका १२ जना सांसदले रिट निवेदनमा हस्ताक्षर गरेको दाबी गरिएको छ। त्यस्तै कांग्रेसका ६१, माओवादी केन्द्रका ४८ र जनमोर्की दुर्गा पौडेलले पनि देउवाको पक्षमा हस्ताक्षर गरेकी छन्।