५ मंसिर २०८१, बुधबार
प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले पूर्व सभामुखहरूसँग छलफल गरेका गर्ने भएका छन् । संसद विघटनपछि देशमा देखिएको परिस्थितिबारे सुझाव लिन उनले पूर्व सभामुखहरुसँग छलफल गर्ने भएको हुन् ।
नयाँ बानेश्वरमा बोलाइएको बैठकमा पूर्वसभामुखहरूसँग पछिल्लो राजनीतिक घटना क्रमबारे छलफल गर्न लागिएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।
गत शुक्रबार राति राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा दोस्रोपटक प्रतिनिधिसभा भंग गरेर मध्यावधि चुनावको मिति घोषणा गरेपछि सभामुख सापकोटाले यो कदमको विरोध गरेका थिए ।
संसद विघटनको विरोध गर्दै सोमबार १४६ सांसदले सर्वोच्च अदालतमा मुद्दासमेत दायर गरिसकेका छन् ।
सभामुख सापकोटाले मंगलबार दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बैठक बोलाएका हुन् ।