होमल्याण्ड खबर
२०७८ जेष्ठ १२ गते, बुधबार १२:०८ मा प्रकाशित
नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक अहिले बसिरहेको छ। पार्टी सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा वर्तमान केन्द्रीय पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठक बसिरहेको हो।
विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न सभापति देउवाले बैठक डाकेका हुन्। मंगलबार सिंहदरबारमा विपक्षी गठबन्धनका शीर्ष नेताहरुको बैठक बसेको थियो। १४६ सांसदको हस्ताक्षरसहित संसद विघटन बदर र सभापति देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै विपक्षी गठबन्धनले सर्वोच्चमा रिट हालेको छ।
मंगलबारको बैठकमा विपक्षी गठबन्धनका नेताहरुले कानुनविदहरुसँग छलफल गरेका थिए। अदालतमा रिट हालिएपछिका सम्भावित घटनाक्रमबारे छलफल गर्न सभापति देउवाले पदाधिकारी बैठक राखेका हुन्।