५ मंसिर २०८१, बुधबार
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिम प्रदेशका पहिलो प्रदेश प्रमुख मोहनराज मल्लको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
उनको काठमाडौंस्थित निदान अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
देउवाले उनीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा पार्टी र आफ्ना तर्फबाट समवेदना प्रकट गरेका छन् । कैलाली निवासी मल्ल कांग्रेसका महासमिति सदस्य थिए ।