५ मंसिर २०८१, बुधबार
प्रतिनिधिसभा विघटनको मुद्दा संवैधानिक इजलासमा पठाइएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासले प्रतिनिधिसभा विघटनविरुद्ध दायर १९ वटा रिटमा प्रारम्भिक सुनुवाइ गर्दै संवैधानिक इजलासमा पठाउने निर्णय भएको हो ।
संवैधानिक इजलासमा यसअघि नै ११ वटा रिट दर्ता छन् ।
सर्वोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेलका अनुसार नियमित एकल इजलासमा प्रतिनिधिसभा सम्बन्धी रिटको सुनुवाइपछि सबै निवेदन संवैधानिक इजलासमा सुनुवाइ हुने आदेश भएको छ ।