गण्डकी प्रदेशमा नयाँ सरकारका गठनका लागि आह्वान

होमल्याण्ड खबर

२०७८ जेष्ठ २८ गते, शुक्रबार १५:५१ मा प्रकाशित

गण्डकी प्रदेश प्रमुखले नयाँ सरकारका गठनका लागि आह्वान गरेका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री पुथ्वी सुब्बा गुरुङले बिहिबार प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न नसकेपछि नयाँ सरकार गठनका लागि आह्वान गरिएको हो ।

नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार बहुमत प्राप्त गर्न सक्ने अवस्था भएमा नयाँ सरकार गठनका लागि शनिबार दिउँसो ३ बजेसम्मको समय दिएको छ । प्रदेश प्रमुखको कार्यलयबाट जारी प्रेस विज्ञप्ति अनुसार नयाँ सरकार गठन नभएसम्म मौजुदा मन्त्रिपपिरषद्ले काम गर्ने छ ।