गण्डकीमा जनमोर्चा र जसपाको समर्थन पत्रसहित मुख्यमन्त्रीमा गुरुङको पुन: दाबी

होमल्याण्ड खबर

२०७८ जेष्ठ २९ गते, शनिबार १५:५६ मा प्रकाशित

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङले पनि दाबी गरेका छन् । उनले राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीको समर्थनको पत्रसहित फेरि मुख्यमन्त्रीमा दावी गरेका हुन् । राष्ट्रिय जनमोर्चाले कारवाही गरिसकेका सांसद कृष्ण थापालाई संसदीय दलकै नेता मानेर गुरुङले उनको पत्रको आधारमा जनमोर्चाका तीन सांसद आफ्नो पक्षमा रहेको दाबी गरेको स्रोतको भनाइ छ ।

त्यस्तै जसपाको प्रदेश कमिटीको निर्णय लिएर जसपाभित्र पूर्व राजपाका एक सांसदको समर्थन रहेको गुरुङले दाबी गरेका छन् ।