२८ फाल्गुन २०८२, बिहीबार
नेपाली कांग्रेसको महाधिवेशन मिति तय भएको छ । शनिबार बसेको नेपाली कांग्रेस केन्द्रीय कार्य समिति बैठकले महाधिवेशनको मिति तय गरेको हो । नेपाली कांग्रेसको महाधिवेशनको लागि २०७८ श्रावण ६ गते वडा अधिवेशन हुने भएको छ ।
त्यसैगरी श्रावण ११ गते गाउँनगर अधिवेशन, श्रावण १६ गते प्रदेश सभा क्षेत्रीय अधिवेशन,एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र जिल्ला अधिवेशन २०७८ श्रावण २० गते,एक भन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्ला अधिवेशन श्रावण २४ गते, प्रदेश अधिवेशन भदौ १ र २ गते र केन्द्रीय महाधिवेशन २०७८ भदौ १६, १७ , १८ र १९ गते काठमाडौमा हुने भएको छ ।

