संसद विघटनविरुद्ध मुद्दाको सुनुवाई सुरु

होमल्याण्ड खबर

२०७८ असार ९ गते, बुधबार १२:२९ मा प्रकाशित

संवैधानिक इजलासमा संसद विघटनविरुद्धको मुद्दामाथि सुनुवाई सुरु भएको छ । आजदेखि निरन्तर सुनुवाइ हुने सर्वोच्च अदालतले जनाएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश ईश्वर प्रसाद खतिवडाले बहसका लागि १५ घण्टाको समयसीमाबारे कानुन व्यवसायीहरुलाई स्मरण गराएका छन् ।