सभापतिको उम्मेदवारबारे छलफल गर्न पौडेल पक्षको केन्द्रीय सदस्यहरुको बैठक बस्दै

होमल्याण्ड खबर

२०७८ असार ११ गते, शुक्रबार ११:२० मा प्रकाशित

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षीय केन्द्रीय सदस्यहरुको बैठक आज बस्दैछ । बैठक आज दिउँसो २ बसुन्धरास्थित दियालो फुडल्याण्डमा बस्न लागेको हो । आजको बैठकमा पार्टीको १४ औं महाधिवेशनका सन्दर्भमा आफू पक्षीय नेताहरुसंग पौडेलले छलफल गर्न लागेका हुन् । यता सभापति शेरबहादुर देउवा र उपसभापति विमलेन्द्र निधिले गत शनिबार सभापतिको दाबेदारी प्रस्तुत गर्दै सक्रियता बढाएपछि पौडेलले पनि बैठक बोलाएका हुन् ।

पौडेल पक्षमा पनि १४ औं महाधिवेशनको नेतृत्वको विषय टुंगो लगाउन बैठक राख्न पौडेललाई नेताहरुले दबाब दिएका थिए । पौडेल पक्षमा आधा दर्जन नेता सभापतिको आकांक्षी देखिएको छ ।

गत विहीबार शुक्रबार बसेको केन्द्रीय समिति बैठकले आगामी भदौँ १६ १९ गतेका लागि महाधिवेशनको मिति संशोधन गरेपछि काँग्रेसमा सभापतिका दाबेदारको सक्रियता बढेको छ ।