देउवाविरुद्ध गठबन्धन बनाउन जुटे विमलेन्द्र, शशांक र प्रकाशमान

होमल्याण्ड खबर

२०७८ असार ११ गते, शुक्रबार १२:३५ मा प्रकाशित

कांग्रेस उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच छलफल सुरू भएकाे छ ।

केही बेरअघि आगामी १४ औं महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध गठबन्धन बनाउने तयारीमा शशांक कोइराला निवास महाराजगंञ्जमा छलफलमा जुटेको हो । यसअघि पनि उनीहरुले बानेश्वरस्थित निधि निवासमा छलफल गरेका थिए ।