अहिले राष्ट्रपतिलाई चिथोर्ने कम्पिटिशन भैरहेको छ : प्रधानमन्त्री ओली

होमल्याण्ड खबर

२०७८ असार ११ गते, शुक्रबार १७:५८ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको आलोचनामा प्रतिस्पर्धा भएको भन्दै गम्भीर आपत्ति जनाएका छन् ।

परराष्ट्र मामिला अध्यन प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै उनले  ५ पूर्व प्रधानमन्त्रीले राष्ट्रपतिको आलोचना गर्न तछाडमछाड गरेको आरोप लगाएका हुन् ।

रिसाएको बिरालोले खामो चितोर्छ भन्ने छ। अहिले राष्ट्रपतिलाई चिथोर्ने कम्पिटिशन चलिरहेको छ। राष्ट्रपति आफ्नो भुमिकामा हुनुहुन्छ।’ प्रधानमन्त्री ओलीले भने।

आफ्नाविरुद्ध ५ जना पूर्व प्रधानमन्त्रीहरु नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमालेका बरिष्ठ नेता माधव नेपाल तथा झलनाथ खनाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष डा बाबुराम भट्टराई लागेको भन्दै कटाक्ष गरेका हुन् ।

सर्वोच्च अदालतबाट फैसला आउनुअघि नै प्रचण्डलाई थाहा हुनु सेटिङ भएको ओलीले बताए ।