२८ फाल्गुन २०८२, बिहीबार
नेकपा एमाले स्थायी कमिटीको बैठक आज साँझ पाँच बजे बस्ने भएको छ । एमाले केन्द्रिय पार्टी कार्यालयका सचिव शेर बहादुर तामाङका अनुसार साँझ पाँच बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो । आज बस्ने स्थायी कमिटीको बैठकले एमाले १०औं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बुधबारका लागि बोलाउने एमालेले जनाएको छ ।
पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले गत फागुन २८ गते एमालेको ९औं महाधिवेशनबाट निर्वाचित कमिटीलाई भंग गरेर १० औं महिधिवेशन आयोजक कमिटीमा रुपान्तरण गरेका थिए । त्यसपछि एमालेमा विवाद हुँदै आएको छ । नेपाल पक्षले एमालेलाई २ जेठ २०७५ अवस्थामा फर्काउनु पर्ने सर्त राख्दै आएको छ ।


सर्वोच्च अदालतले १०औं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीलाई मान्यता नदिएपछि र नेपाल पक्षको माग सम्बोधन गर्नको लागि एमालेलाई पहिलेको अवस्थामा फकाउन लागिएको जनाइएको छ ।