२८ फाल्गुन २०८२, बिहीबार
काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन नजिकै गर्दा नेपाली कांग्रेसमा आगामी नेत्तृत्वको लागि चर्चा परिचर्चा सुरु हुन थालेको छ । सभापति पदको लागि शेर बहादुर देउवा, रामचन्द्र पौडेल, बिमिलेन्द्र निधी, शसाङ्क कोइराला, शेखर कोइराला, प्रकाशमान सिंह, रामशरण महत, अर्जुन नर्सिङ् केसी, कल्याण गुरुङ लगायतका नेताहरुले तयारी थालेका छन्। यसैगरि पदाधिकारिमा नेपाली कांग्रेसका चर्चित युवा नेताहरुले आन्तरिक तयारी तिब्र पारेका छन्।
काङ्ग्रेसको उपसभापति र महामन्त्री मा अधिकाङ्स युवा नेताहरुले उम्मेदवारी दिने भयका छन्। कांग्रेसको परिबर्तित बिधान अनुसार आठ जना केन्द्रीय सहमहामन्त्री मध्य पिछडियको क्षेत्र को केन्द्रीय सहमहामन्त्रीमा पछिल्लो पुस्ता बाट नेपाली कांग्रेसका प्रभावशाली युवा नेता भुपेन्द्र जङ शाहीले उम्मेदवारी दिने भयका छन। पछिल्लो समय युवा बिच निकै लोकप्रिय बनेका शाही चर्का भाषण गर्ने नेता भन्दा पनि केहि न केहि काम गरेर देखाउने नेताको रुपमा परिचित छन्। नेबिसघको तिन पटक केन्द्रीय सदस्य, केन्द्रीय उपाध्यक्ष, नेपाल तरुण दलको केन्द्रीय महामन्त्री, २०७० सालमा सम्बिधान सभा सदस्यको उम्मेदवार, २०७४ सालमा प्रतिनिधिसभा सदस्यको उम्मेदवार भइसकेका शाही युवा माझ निकै लोकप्रीय छन् । राजनीति सँगै साहित्य र सामाजिक सेवामा सक्रिय रहेका शाही कर्णालीमा जन्मिएर कठिन संघर्षबाट केन्द्रीय राजनीतिमा स्थापित हुन लागि परेका छन्।


पछिल्लो समय हिर्दयघात भयर अप्रेसन गरेका शाही आफ्नो स्वास्थ्यको ख्याल नगरि दिन्दुखिको सेवामा तल्लिन भयर निषेधाज्ञा ले अप्ठ्यारो मा परेका १० हजार ब्यक्तिलाइ निशुल्क खना बितरण अभियान सन्चालन गरेर निकै नै प्रसम्सनिय काम गरेका छन्। सामाजिक सेवामा युवा नेताहरुमा अग्रपङ्तिमा देखियका शाही सिन्धुपाल्चोक मा बाढिपहिरो पिडित लाइ सहयोग गर्न पुग्ने यक्लो नेता हुन्। शाहि ले गरेको सामाजिक काम ले अहिले सामाजिक सन्जाल देखि युवा माझमा उनको छुट्टै छबि बनेको छ। काङ्ग्रेसमा भुपेन्द्र जस्तो सहयोगी मन भयको उर्जाशिल, कर्मशिल, क्रीयाशिल र गतिशिल नेताको आब्स्यक्ता छ भनेर धेरैले टिप्पणी गरेका छन्।
‘नेपाली कांग्रेसको अगामि महाधिवेशन बाट पाटीमा आमुल रुपान्तरणको खाचो रहेको युवा नेता भुपेन्द्रजङ शाहीले बताएका छन् । उनले भने, ‘पार्टी अब पुरानो तरिका, गतिहिन, परम्पराबादी, कामचलाउ पारा र यथास्थितिमा चल्न सक्दैन अब पार्टि भित्रको गुटबन्दि, नाताबाद, भागबन्डा , ब्यक्तिगत स्वार्थ, पदिय स्वार्थ र चाकडी बाद को राजनिति अन्त्य हुन पर्छ।’ युवा नेता शाहीले अहिलेको युग सुचना प्रबिधिको युग भयकोले पार्टिका नेताहरुले आम कार्यकर्ताको भाबना, जनताको चाहना, युगको माग र समयको चेतलाइ गम्भिर ढङगले बुझ्नु पर्ने बताए । युवा नेता शाहीले भने, ‘नेपाली कांग्रेसलार्इ मजबुत र ससक्त पार्टी बनाउन अब कांग्रेसमा संगठन सुद्दिकरण र सुदृढीकरणको अभियान चलाउनु पर्छ। पार्टिमा अब ब्यक्ति होइन बिचार, पद होइन पद्दति, सत्ता होइन समाज, नेता होइन नीतिको मुल मर्म र आदर्शमा आधारित मुल्य मान्यताको राजनीति स्थापित हुन अति आवश्यक भइसकेको छ । नेपाली कांग्रेसलाइ अब समयको गति सँग दौडिने जनताको मनमा बसिरहने गतिशील, कर्मशील र उर्जाशील पार्टी बनाउन सबै कांग्रेसीहरु एकताबद्ध भएर लाग्नु पर्छ।’
कम्युनिस्ट सरकार को अत्याचार र भ्रष्टाचारबाट जनता वाक्क भइसकेकोले बताउदै नेता शाहीले यो सरकार पुर्ण रुपमा असफल भइसकेको बताए । उनले भने, ‘जनताले यो सरकार को बिकल्प खोजिसके यस्तो बेला नेपाली कांग्रेस पनि पुरानै पारा बाट चलेर हुदैन बिगतका कमि कमजोरीहरु लाइ सुधारेर अब नयाँ सोच, विचार, नयाँ उर्जा, कार्यक्रम र नयाँ भिजनका साथ अगाडि बढेर जनताको आशा, बिस्वास र भरोसाको पार्टी बन्न पर्छ।’ नेपाली कांग्रेसका आशा लाग्दा युवा नेताहरु मध्यमा पर्ने युवा नेता भुपेन्द्रजङ शाहीले आफु बिगत लामो समय भातृसस्थाको केन्द्रीय मुख्य जिम्मेवारिमा बसेर धेरै समय काम गरिसकेकोले अब आफ्नो ध्यान पार्टिको मुल राजनीतिमा नै केन्द्रीत रहेको बताए । नेपाली कांग्रेसको तर्फबाट आफु दूइ दूइ पटक सांसदको उम्मेदवार भईसकेको नाताले पनि नेपाली कांग्रेसको सङगठनलाइ गाँउस्तरसम्म पुगेर वडा–वडा, टोल–टोल सम्म निर्माण र बिस्तार गर्नु आफ्नो कर्तव्य र जिम्मेवारि रहेको शाहीले बताए। उनले भने, ‘म ६ कक्षा पढ्दै गर्दा राजनितिमा होमियको हुँ मलाई कुनै नीजि फाइदा र स्वार्थ छैन । जनताको सेवा, गाउको बिकास र समाजको परिबर्तन नै मेरो मुख्य उद्देश्य हो । म कुनै पदको लागि भन्दा पनि आगामी निर्बाचनमा नेपाली कांग्रेस लाइ पहिलो पार्टि बनाउन कम्मर कसेर लाग्ने प्रण गर्दछु ।’
युवा नेता शाहीले अबको दिनमा पार्टीकै मुल राजनितिमा होमिने बताए । नेपाली कांग्रेसको आगामी महाधिवेशनमा कर्णाली प्रदेसको नागरिक हुनुको नाताले युवा नेता शाही नेपाली कांग्रेसको कर्णाली प्रदेस सभापति वा पिछडिएको क्षेत्रबाट केन्द्रीय सह–महामन्त्रीमा उठ्ने प्रबल सम्भाबना रहेको छ । युवा नेता शाहीले भने, ‘अहिले आफु हिर्दयघात पछि फेरि समान्य जिबनमा फर्कियर संगठनको काम र केहि सामाजिक काममा लागिपरेको छु। कांग्रेसका नेता कार्यकर्ता र शुभेच्छुक हरु सङ छलफल मै छु, यदि पार्टी महाधिवेशनले गति लियो भने आफुले सबै नेता कार्यकर्ता र साथीहरुको सर–सल्लाह बाट छिटै नै औपचारिक रुपमै उम्मेदवारी घोसणा गर्नेछु।