२८ फाल्गुन २०८२, बिहीबार
प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमा आज पनि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई रहेको संवैधानिक इजलासमा असार ९ गतेदेखि निरन्तर रुपमा बहस भइरहेको छ । विपक्षीको बहसको पहिलो दिन हिजो महान्यायाधीवक्ता रमेश बडालले ३ घण्टा बहस गरेका थिए । आज नायब महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेयले बहस गर्ने छन् । उनका लागि २ घण्टाको समय निर्धारण गरिएको छ ।


महान्यायाधिवक्ता कार्यालयका ११ जना वकिलले साढे ७ घण्टा बहस गर्नेछन् । बाँकी साढे ६ घण्टा राष्ट्रपति र प्रधानमन्त्रीका निजी कानुन व्यवसायीले बहस गर्ने तय भएको छ ।
विपक्षीमध्ये सभामुखका कानुन व्यवसायीले छुट्टै समय पाउने भएका छन् । सभामुखका कानुन व्यवसायीका लागि १ घण्टा छुट्याइएको र अपुग भए केही समय थपिने जनाइएको छ । यसअघि रिट निवेदकका तर्फबाट प्राप्त १५ घण्टाको समयमा ३६ जना कानुन व्यवसायीले १२ घण्टा बहस गरेका छन् । बाँकी तीन घण्टा विपक्षीको बहसपछि जवाफी बहस गर्ने छन् । विपक्षीले पनि रिट निवेदक सरको समय पाउने छन् । जवाफी बहसपछि एमिकस क्युरीका लागि २ घण्टा छुट्याइएको छ ।