शितलनिवासमा राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

होमल्याण्ड खबर

२०७८ असार १७ गते, बिहीबार १४:०२ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न राष्ट्रपति कार्यालय शितलनिवास पुगेका छन् । अहिले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता भइरहेको जारी रहेको छ ।

प्रधानमन्त्री ओली नियमित भेटवार्ताका लागि शितलनिवास पुगेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । राष्ट्रपति र प्रधानमन्त्रीबीच मंगलबार पनि भेटवार्ता भएको थियो ।