‘विश्वासको मत नपाएका प्रधानमन्त्रीले फेरि किन ७६ (५) अनुसार प्रधानमन्त्री बन्न खोज्नुभएको ?’

होमल्याण्ड खबर

२०७८ असार १७ गते, बिहीबार १५:४४ मा प्रकाशित

 प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणाले संसद विघटनसम्बन्धी बहसका क्रममा विश्वासको मत हासिल गर्न नसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले किन अरु कसैलाई समर्थन नदिनुभएको भनी प्रश्न गरेका छन्। ‘धारा ७६ (३) अनुसार प्रतिनिधिसभाबाट विश्वासको मत हासिल गर्न नसकेपछि केपी शर्मा ओलीले धारा ७६ (५) अनुसार फेरि प्रधानमन्त्री दाबी गर्न पुगेकोप्रति प्रधानन्यायाधीश राणाले संसद विघटनको रिटको विपक्षमा बहस गरिरहेका वरिष्ठ अधिवक्ता परशुराम कोइरालासँग प्रश्न गरेका हुन्।

विश्वासको मत हासिल गर्न नसकेको व्यक्तिका रुपमा केपी शर्मा ओलीले फेरि प्रधानमन्त्री बन्न दाबी गरेकोप्रति प्रधानन्यायाधीशको प्रश्न लक्षित थियो। जवाफमा वरिष्ठ अधिवक्ता कोइरालाले भने- त्यो विषयमा म जवाफ दिन सक्दिन।

यसअघि बिहीबारकै बहसका क्रममा पू्र्व महान्यायाधिवक्ता अग्नि खरेल र प्रधानन्यायाधीश राणाबीच चर्काचर्की रुपमा प्रश्नोत्तर भएको थियो।