एमाले बैठकमा भाग लिन वामदेव बालुवाटारमा

होमल्याण्ड खबर

२०७८ असार १८ गते, शुक्रबार ११:०७ मा प्रकाशित

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम पार्टीको केन्द्रीय कमिटि बैठकमा सहभागी हुन बालुवाटार गएका छन्। अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठकमा भाग लिन गौतम बालुवाटार प्रस्थान गरेको उनका छोरा हरिशले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।

पार्टी उपाध्यक्षका हैसियतले बोलाइएको पत्र सार्वजनिक गर्दै उनले बैठकमा सहभागी हुन गौतम बालुवाटार प्रस्थान गरेको जानकारी दिएका छन्। वामदेवले पार्टी एकताका लागि जेठ २ मा कायम स्थायी कमिटिको बैठक डाक्न अध्यक्ष ओलीलाई आग्रह गरेका थिए।

बिहान ११ बजे एमालेको केन्द्रीय कमिटि बैठक बस्दै छ । यो बैठकमा माधवकुमार नेपाल समूहले भने सहभागी नहुने अडान लिएको छ। बैठकमा सहभागी हुन अध्यक्ष ओलीले गरेको आग्रह वरिष्ठ नेता नेपालले अस्वीकार गरेका छन्।