एक घण्टामा प्रधानमन्त्रीका १० जना कानुन व्यवसायीले बहस गर्ने

होमल्याण्ड खबर

२०७८ असार १८ गते, शुक्रबार ११:२१ मा प्रकाशित

प्रतिनिधिसभा विघटनविरुद्ध विपक्षी गठबन्धनले दायर गरेको रिटमा आज शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीबाट बहस गर्ने कानुन व्यवसायीको समय सकिने छ । प्रधानमन्त्रीतर्फका कानुन व्यवसायीलाई छुट्याएको १५ घण्टा समयमध्ये १ः३० मिनेट बाँकी रहेको छ । उक्त समयमा १३ जना वकिलले बहस गर्ने भएका छन् ।

आजको बहसरमा प्रधानमन्त्रीका तर्फबाट वरिष्ठ अधिवक्ता रमेश गुरागाईं, विष्णुमणि अधिकारी र अधिवक्ता इश्वरी प्रसाद भट्टराईले १०–१० मिनेट बहस गर्ने बताइएको छ । यस्तै, बाँकी एक घण्टाको समयमा १० जना कानुन व्यवसायीले बहस गर्ने भएका छन् ।

प्रधानमन्त्रीतर्फको बहस सकिएसँगै आजै सभामुख अग्नि प्रसाद सापकोटाका कानुन व्यवसायीको बहस गर्ने छन् । सभामुखका तर्फबाट बहस गर्न १ः३० मिनेट समय विभाजन गरिएको छ ।