देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर दुई दिनभित्र फिर्ता लिन एमालेको निर्देशन

होमल्याण्ड खबर

२०७८ असार १८ गते, शुक्रबार १३:५५ मा प्रकाशित

नेकपा एमालेले नेपाली कांग्रेस सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका आफ्ना २३ सांसदलाई दुई दिनभित्र हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी पार्टीको केन्द्रीय कमिटी बैठकले विघटित प्रतिनिधिसभाका नेता माधव नेपाल र झलनाथ खनालसहितका २३ सदस्यलाई हस्ताक्षर फिर्ता लिएर पार्टीको पक्षमा उभिन निर्देशन दिएको हो ।

नेपाल पक्षका २३ सांसदले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरी सर्वाेच्च अदालतमा रिट दायर गरेका थिए । सोही रिटमा प्रधानमन्त्री पक्षका कानुन व्यवसायीहरूले बहस गरिरहेका छन् ।