एमिकस क्युरीबाट वरिष्ठ अधिवक्ता पाठकको राय– ‘७६ (५) आफैं स्वतन्त्र धारा हो’

होमल्याण्ड खबर

२०७८ असार २१ गते, सोमबार १६:१७ मा प्रकाशित

वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकले संविधानको धारा ७६ (५) स्वतन्त्र धारा भएको बताएकी छिन् । नेपाल बारबाट विघटन मुद्दामा एमिकस क्युरीमा चयन भएकी पाठले संवैधानिक इजलासमा राय दिँदै भनिन्–‘७६ (५) आफैं स्वतन्त्र धारा हो ।’ उपधारा (५) मा (२) अनुसार भन्ने शब्द उल्लेख गरिएको छ ।

त्यसबारे पाठकको ब्याख्या छ–‘ उपधारा (२) भनेको दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार बन्ने ब्यवस्था हो त्यो उपधारा पटक–पटक प्रयोग हुन्छ तर (५) चाहिँ एकपटक मात्र प्रयोग गर्न मिल्छ ।’ संविधानले स्वतन्त्र हैसियतमा रहेका सांसदहरुलाई अन्तिम विकल्प स्वरुप अवसर दिएको पाठकको राय छ ।

‘दलीय शासन प्रणालीले दल बिरुद्ध जान दिँदैन तर, संसदमा १ सिट पाएर स्वतन्त्र हैसियतका सदस्य जो छन्, उहाँहरुले पनि अरु दलको समर्थनमा प्रधानमन्त्री बनाउन पाउँछन्’ पाठकले भनिन्–‘ त्यो अवसर ७६ (५) ले दिएको छ ।’
बलियो आधार पेश हुन नसकेको अवस्थामा जनादेशका लागी निर्वाचनमा खानेकुरा जायज भएको राय दिँदै पाठकले भनिन्–‘रिट निवेदन खारेज गरिनुपर्छ, निर्वाचनमा जानुपर्छ भन्ने कुरा जायज छ तर, चुनावअघि वालिङ नागरिकलाई कोभिड–१९ को खोप लगाउनुपर्छ ।’