९ मंसिर २०८१, आईतवार
इंग्ल्याण्ड दोस्रो पटक फाइनल पुग्ने योजनामा छ भने सन् १९९८ मा डेब्युमै सेमिफाइनल पुगेको क्रोएसिया पनि पहिलो पटक फाइनल पुग्दै इतिहास रच्ने दाउमा छ।
इंग्ल्याण्ड र क्रोएसिया विश्वकपमा पहिलो पटक भिड्न लागेका हुन्। तर अहिलेसम्को ‘हेड टु हेड’मा भने इंग्ल्याण्ड अगाडि छ।
५ कम्पिटेटिभ म्याचसहित यी दुईले अहिलेसम्म एकआपसमा ७ खेल खेलिसकेका छन् जसमा इंग्लयाण्डले ४ खेल जितेको छ। १ खेल बराबरीमा सकिँदा क्रोएसियाले भने २ मात्र खेल जितेको छ।
सन् १९९६ मा भएको पहिलो मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको थियो। पछिल्लो पटक सन् २००९ मा भएको विश्वकप छनोट खेलमा इंग्ल्याण्डले क्रोएसियालाई ५-१ ले पराजित गरेको थियो।