१२ मंसिर २०८१, बुधबार
नेपाल आयल निगमले डिजेल, पेट्राेल, एलपी ग्यास र हवाई इन्धनकाे मूल्य बढाएकाे छ । निगम सञ्चालक समिति बैठकले डिजेल, पेट्राेल र मट्टितेलकाे मूल्यमा प्रतिलिटर २ रूपैयाँ बढाएकाे हाे । यस्तै एलपी ग्यासमा प्रति सिलिण्डर २५ रूपैयाँ र आन्तरिकतर्फ हवाई इन्धनको मूल्य पनि प्रतिलिटर २ रुपैयाँले बढाएकाे छ ।
यसअघि असार ९ गते निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो ।