२८ फाल्गुन २०८२, बिहीबार
नेकपा माओवादी केन्द्रका पूर्वनेताहरुले माओवादी केन्द्र अवैधानिक रहेको भन्दै निर्वाचन आयोगमा उजुरी दिने भएका छन् । पार्टी परित्याग गरेर नेकपा एमालेमा गएका रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह माओवादी केन्द्रविरुद्ध उजुरी दिन आज निर्वाचन आयोग जान लागेका छन् ।
कारबाहीमा परेका नेताहरुले महाधिवेशनसमेत नगरेको पार्टीले आफूहरुलाई कारबाही गर्न नमिल्ने बताएका छन् । उनीहरुले आफूहरुमाथि गरिएको कारबाही फिर्ता लिन माग गर्दै आज निर्वाचन आयोगमा निवेदन दर्ता गर्न लागेका हुन् ।

