२८ फाल्गुन २०८२, बिहीबार
नेकपा एमाले कार्यदल बैठकअघि अध्यक्ष केपी शर्मा ओली र माधव नेपाल पक्षका तीन नेताबीच छलफल भएको छ । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा ओली पक्षका कार्यदल सदस्य विष्णुप्रसाद पौडेल र माधव पक्षका कार्यदल संयोजक भीम रावलबीच २ घण्टा छलफल भएको हो ।
छलफलमा लुम्बिनीका मुख्यमन्त्री समेत रहेका ओली पक्षीय नेता शंकर पोखरेल समेत सहभागी भएको स्रोतले जानकारी दियो । पार्टीभित्रको विवाद समाधानका लागि दनेताहरु गत सोमबारदेखि निरन्तर छलफलमा रहेका छन् ।


हिजो कार्यदलमा रहेका नेताहरूको पहलमा पार्टी अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच मेरियट होटलमा कार्यदलका सदस्यसहित छलफल भएको थियो । ओली– नेपालबीचको उक्त वार्ता निष्कर्ष विहीन सकिएपनि कार्यदल सदस्यहरुले जसरी भएपनि पार्टी विवाद समाधान गर्ने दाबी गरेका छन् ।
सोही अनुसार आज पनि कार्यदलको बैठक बस्दैछ । आजको बैठकले पार्टीका सबै विषयमा टुंगो लगाउने प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिए ।