२८ फाल्गुन २०८२, बिहीबार
माओवादी खेमाका नेकपा एमाले नेताहरुले निर्वाचन आयाेगमा पुगेर छलफल गरेका छन् । बिहिना ११ बजे निर्वाचन आयोग गएका उनीहरुले निर्वाचन आयुक्तसँग छलफल गरेका हुन् ।
उनीहरुले माओवादी केन्द्रको दल दर्ता खारेजी माग गरेर निर्वाचन आयोगमा निवेदन दर्ता गराएका थिए । उनीहरूले बुधबार अधिवक्ता सरोज बुढाथोकीमार्फत माओवादी केन्द्रको दल दर्ता खारेजीको निवेदन आयोगमा दर्ता गराएका थिए । निवेदनमा भइरहेको प्रगति बारे झ्न टोपबहादुर रायमाझी, प्रभु साह, मणि थापा र गौरीशंकर चौधरी निर्वाचन आयोग गएका हुन् ।


निवदेनबारे आयोगमा छलफल गरेको नेता चौधरीले बताए । उनले निर्वाचन आयोगलाईै डर नमानेर काम गर्न आग्रह गरेको र थप प्रमाण चाहे आफूहरु दिन तयार रहेको बताए । माओवादी दल त्याग गरेर एमालेमा प्रवेश गरेपछि माओवादीले उनीहरुको सांसद पद खारेज गरेको थियो । त्यसपछि उनीहरु माओवादी पार्टी र आफूहरुलाई गरेको कारबाही अवैध भएको भन्दै निर्वाचन आयोग गएका थिए ।