सुरु भयो एमाले कार्यदलको निर्णायक वार्ता

होमल्याण्ड खबर

२०७८ असार २७ गते, आईतवार ०९:४५ मा प्रकाशित

नेकपा एमाले विवाद समाधान कार्यदलको निर्णायक वार्ता सुरु भएको छ। निर्धारित समय भन्दा एक घण्टा ढिलो गरी माधव नेपाल समूहका नेताहरु वार्तास्थल छिरेका छन्। उनीहरु कोटेश्वरमा वरिष्ठ नेता नेपालसँग छलफल गरेर सिंहदरबारस्थित वार्तास्थलमा पुगेका हुन्।आजको वार्तापछि एमाले विवाद समाधानको औपचारिक घोषणा हुने नेताहरुले बताएका छन्।