ओलीले बोलाए स्थायी कमिटी बैठक

होमल्याण्ड खबर

२०७८ असार २७ गते, आईतवार १५:४४ मा प्रकाशित

नेकपा एमालेभित्र एकताका लागि सहमति बन्न ढिलाइ भइरहँदा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका छन् । एकताका लागि कार्यदलस्तरमा सहमति गरेर स्थायी कमिटीबाट पारित गर्ने भनिए पनि सहमति नजुट्दै अध्यक्ष ओलीले बैठक बोलाएका हुन् ।

एमाले कार्यालय सचिव शेरबहादुर तामाङले ४ बजे बस्नेगरी स्थायी कमिटी बोलाइएको बताए ।