२८ फाल्गुन २०८२, बिहीबार
निर्वाचन आयोगले नेकपा माओवादी केन्द्र वैधानिक रहेको बताएको छ । निर्वाचन आयोगको आज बसेको बैठकले माओवादी वैधानिक नै रहेको ठहर गरेको छ ।
उनले नेपालको संविधान, राजनीतिक दल सम्बन्धी ऐन र उपलब्ध तथ्यहरूका आधारमा नेकपा माओवादी केन्द्र वैधानिक रहेको बताए । अधिवक्ता सरोज बुढाथोकीले माओवादी केन्द्र अवैध भएको भन्दै निर्वाचन आयोगमा निवेदन दिएका थिए ।


माओवादी खेमाका एमाले नेताहरु रामबहादुर थापा, टोपबहादुर रायमाझी, प्रभु साह, मणि थापा, लेखराज भट्टलगायतले आयोगमै पुगेर माओवादी अवैधानिक भएको दाबी गरेका थिए । आयोगले उनीहरुको दावीलाई अस्वीकार गरिदिएको छ ।
यस्तै, माओवादी केन्द्र आफ्नो रहेको भन्दै भविश्वर पराजुलीले दिएको निवेदन पनि आयोगले खारेज गरिदिएको छ ।