होमल्याण्ड खबर
२०७८ असार २८ गते, सोमबार १६:४३ मा प्रकाशित
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वोच्च अदालतको फैसलाले संविधान रक्षा भएको बताएका छन् ।
उनले सर्वोच्चको प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसलाले संविधान र संसदलाई दुर्घटनामा लैजाने प्रयास असफल भएको बताए ।
संविधानको रक्षा गर्ने आफूहरुको अभियान सफल बनाइदिएको भन्दै उनले सर्वोच्चका न्यायमुर्तिलाई धन्यवाद दिएका छन् । साथै सर्वोच्चको आदेश अनुसार प्रधानमन्त्री नियुक्त हुन लागेका
सभापति शेरबहादुर देउवालाई अग्रिम बधाई दिएका छन् ।