२८ फाल्गुन २०८२, बिहीबार
नेपाली कांग्रेसका नेता गगन थापाले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलाले संविधानको रक्षा गरेको बताएका छन् ।
उनले आज सामाजिक सञ्जालमार्फत प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै सर्बोच्चले व्याख्या गर्दै संविधानको रक्षा गरेको बताएका छन् ।


उनले फेसबुकमा लेखेका छन्, ‘उत्तेजना,दम्भ र अहंकार बोकेर फैसला कार्यान्वयनमा बाधा पुर्याउने मूर्खता कतैबाट नहोस्, नत्र भिरबाट खस्नेलाई रामराम।’