२८ फाल्गुन २०८२, बिहीबार
विपक्षी गठबन्धनको बैठक नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल निवासमा सुरु भएको छ । प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको आदेशपछि विपक्षी गठबन्धनको बैठक कोटेश्वरस्थित नेपाल वन पैदावरको कार्यालयमा गठबन्धनको बैठक सुरु भएको हो ।
बैठकमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्षा पुष्प कमल दाहाल ‘प्रचण्ड’, नारायण काजी श्रेष्ठ, कृष्ण महरा, बर्षामान पुन त्यसैगरि नेकपा एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल लगायत अन्य सदस्य र जनता समाजवादी पार्टीको उपेन्द्र यादव-बाबुराम भट्टराई र राष्ट्रिय जनमोर्चाबाट दुर्गा पौडेल सहभागी रहेका छन् ।


गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी, नेकपा एमालेको नेपाल पक्ष,जनता समाजवादी पार्टीको उपेन्द्र यादव,-बाबुराम भट्टराई पक्ष र राष्ट्रिय जनमोर्चा सम्मिलित छन् ।
प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलापछि पाँच दलीय गबन्धनको बैठक बसेको हो।