२८ फाल्गुन २०८२, बिहीबार
नेपाली काँग्रेस र माओवादी केन्द्र शेरबहादुर देउवा नेतृत्वको सरकारमा पठाउने मन्त्रीको छनोटमा जुटेका छन् । काँग्रेस सभापति देउवाले पार्टीबाट आफ्नो सारथिको छनोटका लागि छलफलमा छन् । सोमबारदेखि देउवाले काँग्रेसभित्र मन्त्री छनोटको गृहकार्य अगाडि बढाएको पाइन्छ ।
देउवा आफू पक्षीय उपसभापति विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्का, संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणलगायतसँग आन्तरिक छलफलमा छन् । यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पनि आन्तरिक छलफल गर्दै छन् । सिटौलाले एक बजे आफू पक्षीय नेताहरुलाई निवास बोलाएका छन् ।


देउवाले नेता प्रकाशमान सिंहसँग पनि छलफल गरिरहेका छन् । १४औं महाधिवेशनमा आफूलाई सहयोग गर्ने गरी सिंहलाई उपप्रधानमन्त्रीसहित सरकारमा भित्र्याउने देउवाको रणनीति रहेको स्रोतको दाबी छ ।