​बालकृष्ण खाँडलाई मन्त्री बनाउने कांग्रेसको तयारी

होमल्याण्ड खबर

२०७८ असार २९ गते, मंगलवार १३:०२ मा प्रकाशित

नेपाली कांग्रेसले  मुख्य सचेतक ​बालकृष्ण खाँडलाई मन्त्री बनाउने तयारी ​गरेको छ ।

सभापति शेरबहादुर देउवासँगको छलफलपछि खाँडलाई मन्त्री बनाउने तयारी गरिएको कांग्रेसका एक नेताले जानकारी दिए ।

कांग्रेसले गठबन्धनसँगको छलफलपछि मात्रै अन्य मन्त्रीको टुङ्गो लगाउने भएको छ ।

यता  नेकपा माओवादी केन्द्रले सभापति देउवासँग छलफल गरेर मात्रै सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउने जनाएको छ ।

आज बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सभापति देउवासँग छलफल गरेपछि मात्रै सरकारमा सहभागी हुने मन्त्रीको नाम  टुंगो लगाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

कांग्रेस सभापति देउवाले अपराह्न ५ बजे प्रधानमन्त्रीको शपथ ग्रहण गर्दैछन् ।

देउवाले जसपा, माओवादी केन्द्रलाई समेत समेटेर सानो आकारको मन्त्रिपरिषद गठन गर्ने तयारी गरेका छन् ।