२८ फाल्गुन २०८२, बिहीबार
प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालप्रति आक्रोश पोखेका छन्। नेपाल समूहले देउवालाई समर्थन गर्दै राष्ट्रपति कार्यालयमा हस्ताक्षर बझुाएको र अदालतमा समेत त्यसको पक्षमा उभिएको भन्दै ओलीले आफूमाथि आफ्नै टिमबाट धोका भएको दाबी गरे।
मंगलबार प्रधानमन्त्री पद छाड्नु अघि देशबासीका नाममा सम्बोधन गर्दैै ओलीले मंगलबार सर्वोच्चले गरेको सम्बोधनप्रति तीव्र आक्रोश पोखे। ओलीको आक्रोशको निशानामा नेता नेपाल पनि परेका हुन्। नेपालले अनुशासनहीन र अराजक काम गरेको ओलीको आरोप थियो।


ओलीले आफ्ना कार्यकर्तालाई नआत्तिन पनि अपिल गरे। उनले भने, ‘कार्यकर्तालाई आह्वान गर्छु, आत्तिने होइन, हामी दृढतापूर्वक लाग्नुपर्छ। हाम्रा कदम अघि बढाउनुपर्छ।’ उनले आफ्नो पार्टी अधिकतम डेढ वर्षसम्म मात्रै प्रतिपक्षमा बस्ने भविष्य वाणी गरे। त्यसपछि चुनाव जितेर फेरि सत्तामा फर्किने दाबी गरे।