२८ फाल्गुन २०८२, बिहीबार
नेकपा एमाले निकट राष्ट्रिय युवा संघले युथ फोर्स व्युँताएको घोेषणा गरेको छ ।वर्तमान राजनीतिक परिस्थिती, मुलुकको अवस्था, लामो संघर्ष पछि प्राप्त दलीय व्यवस्थालाई मास्ने षड्यन्त्र तथा न्यायपालिकाले कार्यपालिकालाई नियन्त्रण गरी निरंकुशता हावी हुने भन्दै संघले मंगलबार युथ फोर्सलाई व्युँताएको हो ।
युथफोर्स सिरानीमुनी राखेको खुकुरीको धार जस्तो भएको उल्लेख गर्दै मुलुकको विषम परिस्थितीमा युथफोर्स मुलुकको व्यवस्था बचाउन मेरुदण्डकै जस्तै काम गर्ने दाबी गरिएको छ ।
युथफोर्सले आगामी एक हप्ताभित्र नै देशभर कम्तिमा ५० हजार युवाहरु एकतावद्ध बनाई परिचालन गर्ने जनाएको छ ।


फोर्सको संयोजक संघका उपाध्यक्ष तथा संगठन विभाग प्रमुख क्षितिज थेवेलाई जिम्मेवारी दिएको छ ।