देउवाले शपथ लिन मानेनन् : नियुक्ति सच्याउन माग

होमल्याण्ड खबर

२०७८ असार २९ गते, मंगलवार १८:५३ मा प्रकाशित

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदको शपथ लिन अस्विकार गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त गर्दा संविधानको धारा उल्लेख नगरेको भन्दै देउवाले शपथ लिन नमानेका हुन् ।

मंगलबार साँझ ६ बजे शपथको तयारी भए पनि राष्ट्रपति कार्यालय पुगेका छैनन् ।

देउवाले राष्ट्रपतिले नियुक्ति सच्याएर संविधानको धारा ७६ (५) अनुसार उल्लेख गर्नुपर्ने अडान लिएको बताइएकोे छ ।

नियुक्तिमा राष्ट्रपति कार्यालयले संविधानको धारा उल्लेख नगरी अर्को छलीको  काम गरेको उनको तर्क छ ।