गृहमन्त्री खाणको पदभार ग्रहण, आजै सुरक्षाकर्मीसँग छलफल गर्ने

होमल्याण्ड खबर

२०७८ असार ३० गते, बुधबार ०८:२६ मा प्रकाशित

गृहमन्त्री बालकृष्ण खाणले आज पदभार ग्रहण गर्ने भएका छन् । मंगलबार गृहमन्त्री नियुक्त भएका खाणले आज बिहान १०ः३३ बजे सिंहदरबारस्थित गृह मन्त्रालयमा पुगेर पदभार ग्रहग गर्ने कार्यक्रम तय भएको हो ।

पदभार ग्रहणपछि मन्त्रालयबारे जानकारी लिने र सुरक्षा प्रमुखहरूसँग सुरक्षाबारे जानकारी लिने कार्यक्रम रहेको उनका सहयोगी कांग्रेस महासमिति सदस्य जन्मजय तिमिस्सिनाले जानकारी दिए ।