नारा–जुलुससहित बालुवाटारबाट बाहिरिए निवर्तमान प्रधानमन्त्री ओली

होमल्याण्ड खबर

२०७८ असार ३० गते, बुधबार १२:४३ मा प्रकाशित

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सरकारी निवास बालुवाटारबाट निस्केका छन् । उनी बालुवाटारबाट निस्किँदै गर्दा गेटदेखि नै नारा–जुलुस सुरु भएको छ । नेकपा एमालेका कार्यकर्ताहरूले ‘अघि बढ ओली बा, प्राण दिन तयार छौँ, केपी ओली हाई हाई’ लगायत नारा लगाएका छन् । उनी चढेको गाडीलाई युथ फोर्सका कार्यकर्ताले स्कर्टिङ गरेका छन् । झण्डै ४१ महिना बालुवाटार बसेका ओलीलाई कौशलटारमा नागरिक अभिनन्दन गरिने भएको छ । त्यसलगत्तै उनी आफ्नो निवास बालकोट पुग्नेछन् । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएसँगै पदमुक्त भएका ओलीले मंगलबार देशबासीको नाममा सम्बोधन गर्दै बुधबार बालुवाटारबाट विदा भएका छन् ।