२९ फाल्गुन २०८२, शुक्रबार
नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शुक्रबार दिउँसो ३ बजे बस्ने गरी बोलाइएको एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।
सरकारबाट बाहिरिएपछि पहिलोपटक संसदीय दलका नेता केपी शर्मा ओलीले बैठक बोलाएका हुन् । सर्वोच्च अदालतले साउन ३ गते प्रतिनिधिसभाको बैठक बोलाउने आदेश दिएकाले त्यसअघि पुनःस्थापित संसदमा एमालेको भूमिकाबारे छलफल गर्न बैठक बस्न लागेको भट्टराईले बताए । सरकार ढाल्न शेरबहादुर देउवालाई समर्थन गर्ने माधव नेपाल पक्षका २३ जनासहित सबै सांसदलाई खबर गरिएको उनले बताए ।

