२९ फाल्गुन २०८२, शुक्रबार
राष्ट्रपति विद्यादेवी भण्डारीले महान्यायाधिवक्ता खम्मबहादुर खातीलाई शपथ गराउन अस्वीकार गरेकी छन् । उनले आफ्नो उपस्थितिमा राष्ट्रपति कार्यालयमा महान्यायाधिवक्तालाई शपथ गराउन अस्वीकार गरेकी हुन् ।
राष्ट्रपतिले महान्यायाधिवक्तालाई शपथ खुवाउन अस्वीकार गरेसँगै सर्वोच्च अदालतमा नै शपथ गराउने व्यवस्था भएको छ । सरकारको सिफारिसमा खातीलाई राष्ट्रपतिले बिहीबार महान्यायाधिवक्तामा नियुक्त गरेकी थिइन् । महान्यायाधिवक्तालाई राष्ट्रपतिको उपस्थितिमा प्रधानन्यायाधीशले पद तथा गोपनियताको शपथ गराउने प्रचलन रही आएको छ । तर, राष्ट्रपतिले उक्त अभ्यास पहिलोपटक तोडेकी हुन् ।


यसअघिका केपी शर्मा ओली सरकारले सिफारिस गरेको महान्यायाधीवक्ता रमेश बडाललाई राष्ट्रपतिको उपस्थितिमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राष्ट्रपति कार्यालयमा नै शपथ गराएका थिए ।