आजै विश्वासको मत लिने प्रधानमन्त्री देउवाको तयारी

होमल्याण्ड खबर

२०७८ श्रावण ३ गते, आईतवार १०:१७ मा प्रकाशित

प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने भएका छन् । सर्वोच्च अदालतले २८ असारमा पुनस्र्थापना गरेको संसदको बैठक आज बोलाइएको छ । प्रधानमन्त्री निकट स्रोतका अनुसार आजकै बैठकमा विश्वासको मत लिने तयारी छ ।