नेकपा एमाले दोस्रो तहका नेताको कोटेश्वरमा छलफल

होमल्याण्ड खबर

२०७८ श्रावण ३ गते, आईतवार ११:४५ मा प्रकाशित

 नेकपा एमालेका दोस्रो तहका नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका छन् । नेपाल निवास कोटेश्वर एमालेका नेताहरु सुवास नेम्वाङ,विष्णु पौडेल, शंकर पोखरेललगायतका नेताहरु पुगेका हुन् ।

नेकपा एमाले कार्यदलमा रहेका सदस्यहरुले नेता नेपालसँग छलफल गरिरहेको बताइएको छ । नेपाल समूहका भीम रावल, गोकर्ण विष्ट , घनश्याम भुसाललगायतका नेताहरुबीच अहिले छलफल भइरहेको छ ।