२९ फाल्गुन २०८२, शुक्रबार
प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएका छन्। प्रतिनिधिसभामा भर्खरै सकिएको मतदनमा देउवाले २७१ सांसद मध्ये १६५ जनाको मत पाएका छन्। विपक्षमा ८३ मत र तटस्थमा एक मत परेको छ।
देउवाको पक्षमा कांग्रेसक, माओवादी केन्द्र र जसपाका सांसदले मतदान गरेका छन्। भने एमालेको माधव नेपाल पक्ष एवं ओली खेमामा खुल्दै आएका आठ जना सांसदले समेत देउवालाई विश्वासको मत दिएका छन्।

