सासंदले विपक्षी दलका नेतालाई मत दिएर अक्षम्य अपराध गरे: नेकपा एमाले

होमल्याण्ड खबर

२०७८ श्रावण ४ गते, सोमबार १२:४० मा प्रकाशित

नेकपा एमालेले सांसदहरुले पार्टीको निर्णय विपरीत विपक्षी दलका नेतालाई मत दिएर अक्षम्य अपराध गरेको बताएको छ ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा सुरु भएको १० औँ बैठक केन्द्रीय कमिटीको बैठकमा महासचिव ईश्वर पोखरेलले पार्टीको निर्णय विपरीत ३२ सांसदले  विपक्षी दलका नेतालाई मत दिएको भन्दै अक्षम्य अपराध गरेको बताए ।