एमालेले माधव नेपालसहित २२ सांसदसँग माग्यो २४ घण्टे स्पष्टीकरण

होमल्याण्ड खबर

२०७८ श्रावण ४ गते, सोमबार १४:०९ मा प्रकाशित

नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ जना सांसदलाई २४ घण्टे स्पष्टिकरण सोध्ने भएको छ । आज ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बसेको केन्द्रीय कमिटी बैठकले पार्टीको निर्णय विपरीत प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सासंदलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको हो ।

बैठकमा कांग्रेस सभापति  समेत रहेको प्रधानमन्त्री देउवाको पक्षमा मतदान गर्ने एमाले सांसदलाई आजै कारबाही गर्नुपर्ने भन्दै केन्द्रीय सदस्यहरुले होहल्ला गरेका थिए । तर अध्यक्ष ओलीले कारबाही गर्नुअघि स्पष्टिकरण सोध्ने प्रावधान रहेको बताए ।

प्रतिनिधिसभामा देउवाले हिजो  विश्वासको मत माग्दा  एमालेका ओली र नेपाल समूहका गरी २२ सांसदले पक्षमा मतदान गरेका थिए ।