प्रचण्ड र जसपा अध्यक्ष यादव एमाले नेता नेपालको निवासमा

होमल्याण्ड खबर

२०७८ श्रावण ५ गते, मंगलवार १०:३९ मा प्रकाशित

मन्त्रिमण्डल विस्तारबारे छलफल गर्न एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँग माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल हादाल र जनता समाजवादी पार्टी जसपा अध्यक्ष उपेन्द्र यादवले छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । नेता नेपाललाई भेट्न दाहाल कोटेवरस्थित नेपाल कै निवास पुगेका थिए । नेपाल र दाहालबीच करीव पौने घण्टा छलफल भए लगत्तै जसपाका अध्यक्ष यादव नेपाल नेवास पुगेका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाइसकेपछि अब जसपा र एमालेको नेपाल पक्ष सरकारमा सहभागी हुने तयारी छ । मन्त्रालय भागबण्डा र विशेष गरी नेपाल पक्षलाई सरकारमा सहभागी गराउन आवश्यक कानूनी तथा राजनीतिक प्रवन्ध मिलाउन शीर्ष तहमा छलफल भइरहेको छ ।

नोपल पक्षको सरकारमा सहभागिताको सन्दर्भमा निर्णय आएपछि मात्र प्रधानन्त्री देउवाले मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका छन् ।