२९ फाल्गुन २०८२, शुक्रबार
नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक चलिरहेको छ । बैठक भर्चुअल माध्यममा चलिरहेको हो । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएपछि पहिलो पटक स्थायी कमिटी बैठक बसेको हो । नेता नेपाल सहित २२ जनाले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका थिए ।
स्थायी कमिटी बैठकपछि केन्द्रीय कमिटी र सांसदहरुको पनि बैठक बस्ने संभावना रहेको एक नेताले बताए । एमालेको केन्द्रीय समितिको बैठक आज पनि यसैबीच नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । दिउँसो तीन बजे च्यासलस्थित तुलसीलाल स्मृति भवनमा बैठक बस्ने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए ।

